Follow us: Youtube Android App
टुक्रदैँ नागरिक उड्डयन प्राधिकरण, सेवा र नियामक निकाय फरक–फरक हुने
२३ साउन २०७८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सेवा र नियामक निकाय गरी दुई संस्थामा विभाजन प्रक्रिया अघि बढेको छ ।

राष्ट्रसभाबाट सोमबार प्राधिकरणलाई ‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ दुई विधेयक पारित भएसँगै प्राधिकरण विभाजन हुने कानूनी प्रक्रिया अघि बढेको हो ।

अब उक्त विधेयक प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाबाट पारित भएपछि क्यान दुईफ्याक हुनेछ । त्यसपछि प्राधिकरण नियामक र सेवाप्रदायक निकाय गरी दुई अलग–अलग निकायमा बाँडिनेछन् । अहिले प्राधिकरणले अन्तर्राष्ट्रिय नियमविपरीत एउटै निकायबाट सेवा र नियामक निकायको काम गर्दै आएको छ ...