Follow us: Youtube Android App
भत्काइयो नभत्काइनुपर्ने कविकुञ्ज
२७ साउन २०७८

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाषा, साहित्यका विद्वान् एवं प्रतिभाहरूको सम्मान। तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ। महाकविको ‘सग्लो’ इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन्।

मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ग टोलमा महाकवि देवकोटाको घर अर्थात् कविकुञ्ज थियो। कविकुञ्ज साहित्यको मन्दिर थियो। साहित्यानुरागी पूजा गर्न जाने तीर्थस्थल थियो। केही दिनअघिसम्म महाकविको छायाँ बोकेर उभिएको थियो। जहाँ महाकविले कलम चलाएका कोटा, चोठा थिए। स्पर्श गरेका भित्ता र भुइँहरू थिए। उनी बसेका कुर्सी थिए। महाकविकै माया पाएका दलिन र बार्दलीहरू थिए। खासमा महाकविकै पदचाप भेटिन्थे। जुन घरले महाकविलाई सिर्जना गर्न साथ दिइरह्यो। देवकोटालाई नजिकबाट अनुभूत गराउने त्यो घर एउटा ‘जीवित’ इतिहास थियो। त्यही घर साहित्यकारका लागि ‘तीर्थस्थल’ थियो ...

समाचार स्रोत :