Follow us: Youtube Android App
दार्चुलामा बाढीको बितन्डा : तिंकर सडकको पक्की पुल बगायो
१४ भदौ २०७८

दार्चुला : लगातारको वर्षाका कारण गए राति निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।

महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

खोलाले स्थानीय दिपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढी आउँदा सो क्षेत्रका स्थानीयहरु राती नै सुरक्षित स्थानमा गएका थिए ...

समाचार स्रोत :