Follow us: Youtube Android App
मुख्य खबर

[ Aug 03, 2024 ] बजेट नपाउँदा मधेशका ३७२ खानेपानी आयोजना वर्षौंदेखि अधुरै

जनकपुरधाम । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गाउँ धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीको खानेपानी योजना १५ वर्षदेखि अधुरै छ । सपही खानेपानी उपभोक्ता समितिका अध्यक्ष विन्देश्वर यादवका अनुसार रामवरण राष्ट्रपति बनेपछि उनकै पहलमा साविकको सपही गाविसका एक हजार…

[ Aug 03, 2024 ] आश्माकुमारी केसी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा…

[ Aug 03, 2024 ] तिजगीत र रत्यौली छुट्टयाउन सकिँदैन ?

काठमाडौं । गायिका शान्तिश्री परियारले गएको बुधबार विज्ञप्ति जारी गर्दै आफूले आगामी दिनमा गीतको शब्द चयनमा ध्यान दिने बताइन् । आफूले गाएको गीत ‘बिस्तराले पोल्यो’को भिडियोका केही दृश्यले दर्शकस्रोताको भावनामा ठेस र लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रतिष्ठामा आँच पुगेको भन्दै उनले क्षमा पनि मागिन् ।

[ Aug 03, 2024 ] सेयरबजार अर्थतन्त्रको ऐना हो, लगानी गर्नु पूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र गर्नू : अ

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वायन गर्ने सन्दर्भमा बीभमा छाडिएका आयोजनाहरुलाई प्राथमिकता दिइने बताए। उनले शुक्रबार अर्थसमितिको बैठकमा बोल्दै अनगिन्ति आयोजनाहरु सरु गरेर छाडिएका र ती आयोजनालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वायन गर्ने प्रतिबद्धता जनाए। ‘बजेटका सिद्वान्त र प्राथमिकता,…

[ Aug 03, 2024 ] दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, तीन जनाको सकुशल उद्धार

दाङ-दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । दाङको बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका ५५ वर्षकी सीता आले र सुर्खेत घर भइ हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षीय मन्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको…

[ Aug 03, 2024 ] यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ-  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का…

[ Aug 03, 2024 ] १९ लाख नागरिक सवारी चालक अनुमति पत्रको प्रतीक्षामा

काठमाडौं । सवारी चालक अनुमति पत्र वितरण रोकिएको वर्षौ भइसक्यो । स्मार्ट कार्डको अभाव देखाउँदै रोकिएको चालक अनुमतिपत्र वितरण अत्यावश्यक पर्नेहरुलाई मात्रै दिने गरिएको छ । यातायात व्यवस्था विभाग भने सधै छिट्टै कार्ड वितरण सहज हुने भन्न छोड्दैन ।

[ Aug 03, 2024 ] देशको ढुकुटीमा विदेशी मुद्रा बढ्दा हुने फाइदा र बेफाइदा के हुन्?

नेपाल राष्ट्र ब्याङ्कले नेपाली नागरिकले विदेश जाँदा लैजान पाउने डलर सटही सुविधा तथा आयातका लागि पाइने विदेशी मुद्रासम्बन्धी नियमलाई केही खुकुलो बनाएको छ। विदेशी मुद्रा सञ्चिति उल्लेख्य बढेपछि गत साता सार्वजनिक गरिएको मौद्रिक नीतिमै त्यस्ता खुकुला प्रावधानहरू राखिने…

[ Aug 03, 2024 ] ‘नेपालका राजदूतलाई विदेशीले नपत्याउने अवस्था आयो’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । पछिल्लो समय देशमा देखापरेको राजनीतिक अस्थिरताको असर घरेलु नीतिमा मात्र नभएर हाम्रो विदेश सम्बन्धमा समेत परिरहेको थापाको विश्लेषण छ । खासगरी देशमा सरकार परिवर्तन भएपिच्छे राजदूतहरू फिर्ता बोलाउने र हेरफेर गर्ने प्रचलनले नेपालको अन्तरराष्ट्रिय छवि कस्तो…

[ Aug 03, 2024 ] अनुमानको भरमा सङ्कलन गरिन्छ कृषि तथ्याङ्क

काठमाडौँ । नेपालमा सङ्घीय सरकारले जारी गरेको तथ्याङ्क अनुसार देशमा करिब ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । धान रोपाइँको यो तथ्याङ्क भने अनुमानमा आधारित छ । कृषि सम्बन्धी तथ्याङ्क सङ्कनको प्रक्रिया वैज्ञानिक नरहेको पाइएको हो ।…

[ Aug 03, 2024 ] उड्दाउड्दै अस्ताएका उड्डयन जनशक्ति

काठमाडौँ — टर्बोप्रोप इन्जिनयुक्त जहाज उडिरहेको नेपाली आकाशमा एकाएक जेट विमान ल्याएर १० वर्षअघि हवाई यातायात क्षेत्रमा आक्रामक शैलीमा बजार विस्तार थालेको सौर्य एयरलाइन्सले साउन ९ को दुर्घटनाबाट कम्तीमा ९० करोड रुपैयाँ बराबरको जहाज गुमायो । अझ चिन्ताको…

[ Aug 03, 2024 ] दुई दातृ निकायको सहयोगमा ३५ सय विद्युतीय बस थप्ने योजना, १०० चार्जिङ स्टेसन बनाइने

नेपालमा निजी विद्युतीय गाडीको प्रयोग बढिरहेका बेला सार्वजनिक यातायातमा पनि दुई दातृ निकायले सरकारलाई बल दिने भएका छन्। जर्मन सहयोग नियोग (जीआईजेड) र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युड (जीजीजीआई)ले नेपालमा विद्युतीय सार्वजनिक यातायातमा संयुक्तरूपमा लगानी गर्नलागेका हुन्।  

[ Aug 03, 2024 ] कमला ह्यारिस बनिन् डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन्। उनले दलका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन्। बीबीसीका अनुसार फोनमा कुरा गर्दै ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताइन्।…