Follow us: Youtube Android App
मुख्य खबर

[ May 31, 2020 ] पारित नभएसम्म एमसीसी स्थगन

काठमाडौं l सत्तारुढ दल नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कार्य तत्काललाई रोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी ओलीले एमसीए (एमसीसी कार्यान्वयन गर्ने निकाय) का नेपाल प्रतिनिधिलाई बोलाई संसदबाट अनुमोदनपछि गर्नुपर्ने काम तत्काल स्थगन गर्न निर्देशन दिने नेकपाको सचिवालयले निर्णय गरेको छ।…

[ May 30, 2020 ] धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु…

[ May 30, 2020 ] थप १९ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ

काठमाडौं । शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ…

[ May 30, 2020 ] फेरि थपियो लकडाउन, जेठ ३२ गतेसम्म

सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याएकाे छ। शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेकाे हाे। यसअघि जेठ २० गतेसम्म ताेकिएकाे लकडाउनलाई मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेकाे सरकारका प्रवक्ता…

[ May 30, 2020 ] जेठ २१ गतेदेखि निजी विद्यालयमा भर्ना

काठमाडौं l सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। निजी तथा…

[ May 30, 2020 ] तरकारी बिक्न छाडेपछि बारीमै तरकारी जोत्दै चितवनका कृषक

चितवन । चितवनका कृषकले उत्पादन गरेको तरकारी बिक्न छाडेपछि कृषकहरुले धमाधम तरकारी बारी जोत्न थालेका छन् । ‘लकडाउन’लाई कारण देखाउँदै ठूला व्यवसायीलेसमेत तरकारी खरिद गर्न छाडेको र मूल्यमा समेत ‘बार्गेनिङ’ गर्न थालेपछि चितवनका कृषकहरुले बरु बारीमै तरकारी जोत्न उपयुक्त ठानेका छन् ।

[ May 30, 2020 ] कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या सात पुग्यो

काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका…

[ May 30, 2020 ] नेकपा सचिवालय बैठक सकियो, एमसीएको काम रोक्ने समझदारी

एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका…

[ May 30, 2020 ] संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने…

[ May 30, 2020 ] नेकपा सचिवालय बैठकमा जंगिए बामदेव : अर्थमन्त्रीबाट पार्टीको अपमान भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतम अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडामाथि खनिएका छन् । बैठकमा नेताहरुले आर्थिक वर्ष २०७७–७८ को बजेटमा एमसीसी घुसाइएको भन्दै असन्तुष्टि जनाएपछि अर्थमन्त्री खतिवडाले पहिलेदेखि नै चर्चामा आएको विषय भएकाले बजेटमा सो…

[ May 30, 2020 ] थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको…

[ May 30, 2020 ] बजेटको अनुसूचीबाट एमसीसी नहट्ने, एमसीएका काम भने रोकिने

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता संसदबाट अनुमोदन नहुँदासम्म मिलेनियम च्यालेन्ज एमसीसीका कामहरु रोक्ने निर्णय गरेको छ । तर आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको अनुसूचीबाट भने एमसीसी तत्काल नहट्ने भएको छ । सरकारले बिहीबार संसदमा…

[ May 30, 2020 ] अब भिडभाडमा एकैपटक ज्वरो नाप्न सकिने, राम लक्ष्मण दाजुभाइले तयार गरे थर्मोग्राफिक क्यामेरा

विश्वभर जस्तै नेपालमा पनि कोरोनाभाइरस (कोभिड–१९) महामारीको समय छ । महामारीको जोखिम न्यूनीकरणका लागि मुलुक ६८ दिनयता ‘लकडाउन’ मा छ । हालसम्म कोरोनाको कुनै औषधि पत्ता नलागिसकेको तथा महामारी पनि कहिलेसम्म जान्छ भन्ने ठोस जवाफ कसैसँग नहुँदा…