Follow us: Youtube Android App
सञ्‍चार-पत्रकारीता

[ Jan 17, 2021 ] सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको पत्रकार महासंघको ठहर

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सर्वोच्च अदालतले समाचारको विषयमा निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो । सर्वोच्चका न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको विषयमा समाचार…

[ Dec 26, 2020 ] प्रेस स्वतन्त्रता सेनानी नेपाली : ७६ वर्ष पुग्दा पनि पत्रकारितामा दौडधूप

जनकपुरका पत्रकार राजेश्वर नेपाली ७६ वर्षको उमेरमा समेत पत्रकारितामा सक्रिय छन् । जनकपुरको जानकी मन्दिर छेउमा रहेको जागरण छापाखानामा उनी आफूले प्रकाशन तथा सम्पादन गर्ने लोकमत साप्ताहिक पत्रिकामा सक्रिय छन् । आफूलाई १६ वर्ष हुँदादेखि पत्रकारितामा लागेका उनी विगत ६० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । मोफसलमा…

[ Dec 11, 2020 ] अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

काबुल : फगानिस्तानमा एक महिला पत्रकार मलाला मइवान्दको गोली हानी हत्या भएको छ । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत थिइन् । देशको पूर्वी भागस्थित जलालावादमा रहेको पत्रकार मलालाको निजी निवासमै बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको स्थानीय मिडियाले जनाएका छन्…

[ Nov 10, 2020 ] सञ्चारमन्त्री भन्छन्– अब मर्यादित पत्रकारिताको बुँदा कानुनमा थप्छु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन,…

[ Oct 24, 2020 ] ‘गोजीमा दाम छैन’ : खल्लो भयो पत्रकारको दसैँ

काठमाडौं ।‘फूलपातीको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीहरुलाई बडा दसैँ नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम् अपमान भएको महासंघ ठान्छ र यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदछ फूलपातीको अघिल्लो दिन अर्थात् कात्तिक ६ गते नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा…

[ Oct 20, 2020 ] पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेका हुन् । मंगलबार दिउँसो अनलाइनखबरकर्मीलाई तिवारीको…

[ Oct 17, 2020 ] प्रोफेसरबाट तमाशे – अर्थनीति र मिडियाले बुद्धिजीवीलाई कसरी तमाशे बनाउँछ

भारतमा अङ्ग्रेजी नबुझ्नेहरुले प्रणय रायलाई चिन्नुहुँदैन होला । तर प्रणय रायलाई चिन्न जरुरी छ किनकी उनले नयाँ सामाजिक घटनाको प्रतिनिधित्व गर्छन् । शुक्रबार दुरदर्शनबाट प्रशारण हुने साप्ताहिक कार्यक्रम विश्वदर्शनले प्रणय रायको प्रसिद्धि बढाएको हो । जसरी एउटा जादुगरले चटक देखाउँछ, त्यही शैलीबाट…

[ Oct 08, 2020 ] चीनद्वारा ताइवानको विषयमा भारतीय मिडियालाई ‘चेतावनी’

नयाँदिल्ली — चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित/प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ । १० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित…

[ Oct 01, 2020 ] सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चामाध्यमहरुमा पनि विकृति आएको गुनासो गर्नुभएको छ । बुधबार साँझ मिडिया एलायन्सका पदाधिकारीहरुसँग भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताउनुभएको हो । उहाँले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताउनुभयो । सञ्चार…

[ Oct 01, 2020 ] प्रधानमन्त्रीले फेरि पोखे सञ्‍चारमाध्यमप्रति असन्तुष्टि

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको भन्दै प्रधानमन्त्रीले सञ्चारमाध्यमको आलोचना गरेका हुन् । यसअघि पनि पटकपटक सरकारका गलत कामको सञ्चारमाध्यममा समाचार आउँदा मिडिया र सम्पादकहरूमाथि असन्तुष्टि…

[ Sep 25, 2020 ] श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् । ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त…

[ Sep 23, 2020 ] कान्तिपुरकर्मी राई र चौधरीलगायतलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

काठमाडौँ — यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गणेश राई र गणेश चौधरीलगायतलाई प्रदान गरिएको छ । राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि क्रमश: २० हजार र १५ हजार रुपैयाँ रहेको छ…

[ Sep 17, 2020 ] पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन, प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगर

कैलाली । कैलालीमा सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा राजनीतिक आवरणमा पटक–पटक सञ्चारकर्मीहरुमाथि आक्रमण हुन थालेपछि पत्रकारहरु आन्दोलित भएका हुन् । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई…