Follow us: Youtube Android App
विकास-निर्माण

[ Jul 22, 2021 ] मिटरब्याजी उप्रेतीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार, अर्कैलाई दिइयो ठेक्का

सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो। दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो। भारतीय एक्जिम…

[ Jul 19, 2021 ] उद्घाटनको दुई सातामै तामाकोसी बन्द

काठमाडौँ । पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका…

[ Jul 15, 2021 ] कालीगण्डकी डाइभर्सन - निर्माण प्रक्रिया अगाडि नबढ्ने

काठमाडौँ, असार ३१ गते । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

[ Jul 11, 2021 ] पाइपलाइनले जोगियो चार अर्ब

मोतिहारी । अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत…

[ Jul 11, 2021 ] सुरक्षा फौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो

स्थानीयको सम्भावित अवराधबाट सुरक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुरु गरिएको निर्माणाधीन सोलु करिडोरको विद्युत् विस्तारको काम स्थगित भएको छ। एक वर्षयता जग्गा विवादका कारण स्थानीयले अवरोध गरेको काम तीन दिनअघि करिडोर आयोजना कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर सञ्चालन गरेपछि स्थानीयले कटारी नगरपालिकामा तालाबन्दी गरेका थिए।

[ Jul 08, 2021 ] साढे ६ लाखले लिए तेस्रो किस्ता

काठमाडौं । महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण…

[ Jul 08, 2021 ] निर्माणमा खेलाँची: तीन महिनामा २१ वटा ठूला पुल भत्किए

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो। निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो एउटा प्रतिनिधि उदाहरणमात्र हो। पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको छ। चितवनको ठिमुरा र…

[ Jul 07, 2021 ] बाढीले क्षति पुर्‍याएपछि नेपालको दोस्रो लामो पुलबाट यातायात आवागमन बन्द

काठमाडौं । दाङको देउखुरीमा निर्मित नेपालको दोस्रो लामो पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात आवागमन अवरुद्ध भएको छ । राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्‍याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको हो । राप्ती गाउँपालिकाको…

[ Jul 07, 2021 ] माथिल्लो तामाकोशी महँगो हुनुको कारण बारे के भन्छन् कुलमान घिसिङ

नेपालको हालसम्मकै ठूलो क्षमताको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्‌ आयोजनाको पहिलो चरणको उद्घाटन भएसँगै आयोजनाले ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको बताइएको छ। परियोजना क्रमशः केही महिनामा पूर्ण क्षमतामा पुग्ने अधिकारीहरूको भनाइ छ। स्वदेशी पुँजी र…

[ Jul 05, 2021 ] बालुवाटारमा प्रधानमन्त्रीले कम्प्युटरमा क्लीक गरेपछि माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कम्युटरमा क्लीक गरेपछि दोलखाको लामाबगरमा रहेको आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको हो । ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट…

[ Jul 05, 2021 ] निरन्तरको निगरानीपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति

वीरगञ्ज । स्थानीयको निगरानी र सहजीकरणपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति भएको सरोकारवालाले बताएका छन् । गुणस्तरीय काम भए/नभएको निगरानी गर्न स्थानीय सडकमै बास बस्छन् भने सडक निर्माणमा खटिएकाहरुलाई खाजा-खानाको व्यवस्था पनि मिलाउँछन् । पर्यटकीय गाउँ थाहा नगरपालिका-९…

[ Jul 04, 2021 ] प्रधानमन्त्रीले बालुवाटारबाट भोलि माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने

काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् ।

[ Jul 04, 2021 ] असारे विकासको नमुना : २६ करोड लागतमा गरिएको कालोपत्रे एक महिना नबित्दै भत्कियो

असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् ।