Follow us: Youtube Android App
१.६४ % बढेर २५५१५.०३ विन्दुमा नेप्से, ५ अर्ब ६९ करोडभन्दा बढीको शेयर खरीदविक्री
१७ फागुन २०७७

काठमाडौं । नेप्से परिसुचक  सोमवार २ हजार ५१५ दशमलव ०३ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार  दिनको तुलनामा ४० अंक अर्थात् १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको हो । कारोबार आएका २०९ ओटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयरको रू. ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ बराबरको शेयर खरीदविक्री भएको छ ।

सोमवारको कारोबारमा आएका १३  ओटा समूहको परिसुचक बढेसँगै नेप्से बढेको हो ।  सबैभन्दा बढी व्यापार समूहको परिसुचक ३ शदमलव ३२ प्रतिशत वृद्धि भएको छ । कारोबारमा आएका २०९ ओटा कम्पनीमध्ये सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४५५ पुगेको छ । दोस्रोमा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्य ८ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । सोमवार पनि सार्वाधिक कारोबार गर्नेमा नेपाल इन्फ्रास्टक्चर बैंक नै  भएको छ ...

समाचार स्रोत :