Follow us: Youtube Android App
राजधानीकै राजमार्गका पुल अलपत्र
६ माघ २०८०

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा पर्ने दुई राजमार्गका पुल अलपत्र परेको धेरै भयो । अझै निर्माणको सुरसार छैन । त्रिभुवन राजपथ (शून्य विन्दु त्रिपुरेश्वर रहेको एनएच–२८) अन्तर्गतको टेकु र कालीमाटीबिचको विष्णुमतीमाथिको पुल र अरनिको राजमार्ग (शून्य विन्दु माइतीघर रहेको एनएच–३४) अन्तर्गत शान्तिनगर र तीनकुनेबिचमा पर्ने बागमती नदीमाथिको पुल अलपत्र छन् ।

यी दुई राजमार्ग भएर दैनिक ठुलो परिमाणमा सवारीसाधन आवागमन गर्छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार त्रिभुवन राजपथ भएर राजधानीको मध्य तथा पश्चिमी क्षेत्रबाट दैनिक सानाठुला गरी तीन हजार पाँच सय सवारी राजधानी प्रवेश गर्छन् ।  त्यस्तै अरनिको राजमार्ग भएर दैनिक करिब पाँच हजार सवारीसाधन प्रवेश गर्छन् । तीमध्ये सबैले ती पुल भएका सडक पार नगरे पनि राजधानीभित्रको आन्तरिक यातायातको चाप भने सबैभन्दा बढी त्यहीँ पर्छ । तीबाहेक यी पुल तरेर अझ बढीले काठमाडौँ उपत्यकामा दैनिक गुजारा चलाउनु पर्छ । यी पुल नबनेकै कारण काठमाडौँ उपत्यकाको दैनिक सवारी व्यवस्था नै अस्तव्यस्त हुने गर्छ ।

यी दुई पुल मात्र होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा काठमाडौँ महानगरपालिकाद्वारा निर्माण गर्नुपर्ने पुल समस्याग्रस्त छन् । प्रस्तावित कतिपय ठाउँमा काम नै सुरु हुन सकेको छैन भने कतिपय निर्माण भएका पुल पनि सञ्चालनमा आउन नसकी अलपत्र परेका छन् ...

समाचार स्रोत :