Follow us: Youtube Android App
कुशल र आसिफको कीर्तिमानी ब्याटिङमा नेपालको शानदार जित
४ बैशाख २०७८

काठमाडौं । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा सुखद सुरुवात गरेको छ । टी-२० अन्तराष्ट्रियमको डेब्यूमै कुशल र आसिफले अर्धशतकका साथै पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल र आसिफले आक्रामक सुरुवात दिलाए ।

३० वर्षमा अर्धशतक पुरा गरेका कुशलले आसिफसँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । यो टी-२० अन्तर्राष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो । यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्ऽ मल्लले भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनको साझेदारी भने पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर विरुद्ध गरेका थिए  ...

समाचार स्रोत :