Follow us: Youtube Android App
कृषि-पर्यटन

[ Apr 29, 2020 ] इतिहासमै पहिलोपटक विश्वका शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द

काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् ।

[ Apr 25, 2020 ] घर नेपालमा, खेती भारतमा

" खेतमै झर्न लाग्यो बाली " नेपालगन्ज l सीमा क्षेत्रका धेरै नेपाली किसान पारि भारतमा खेती गर्छन्। उनीहरूले यसपटक लकडाउनका कारण गहुँ बाली उठाउन पाएका छैनन्। जानकी गाउँपालिका–१ साइगाउँका दिलीपकुमार बर्माको डेढ बिघामा गहुँ खेती छ। उनी भारतको बहराइच जिल्लामा पर्ने रन्जित बोझा गाउँमा गहुँ काट्न…

[ Apr 22, 2020 ] किसानको बारीमै तरकारी कुहाएर भारतबाट आयात

सरकारले घोषणा गरेको लकडाउनका कारण बजार नपाएपछि किसानहरूको बारीमै तरकारी कुहिन थालेको छ। अर्कोतर्फ लकडाउनदेखि अहिलेसम्म भैरहवा भन्सार हुँदै १३ करोड ४४ लाख ६४ हजार रुपैयाँ बराबरका हरियो तरकारी, सागसब्जी र टमाटर आयात भएको छ। रूपन्देही :…

[ Apr 21, 2020 ] कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती मिसाइएको स्यानिटाइजर

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लीसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए ।

[ Apr 19, 2020 ] गाउँमा फालाफाल, बजारमा हाहाकार

महोत्तरी l रतनकुमार महतोको गोठमा चार वटा भैंसी थिए। लकडाउनले भैंसीलाई दानापानी जुटाउन समस्या भयो। उनले बाध्य भएर घाटा लगाई दुई वटा भैंसी बिक्री गरे। भैंंसीको दूध डेरीमा उनलाई पुर्‍याउन कठिन छ। उनीसँग अहिले गोठमा दुई वटा दूधालु भैंसी छन्।

[ Apr 18, 2020 ] लकडाउनको मारमा किसान

ताप्लेजुङ : एक रोपनी खेतमा लगाएको काउली बिक्री गर्न नपाएपछि फुङलिङका होमनाथ गिरी चिन्तित छन्। लकडाउनका कारण हिउँदभरीको मिहेनत खेर जाने अवस्था आएको गिरीले सुनाए। ‘डोकोमा तीन घण्टा उकालो हिँडेर फुङलिङ बजार पुर्‍याउँदा पनि किन्ने मान्छे पाइदैन,’…

[ Apr 18, 2020 ] लकडाउनमा वन मासिँदै

लकडाउनको बेलामा वन सम्पदा मास्ने क्रम बढेको छ । महोत्तरीमा लकडाउन जारी गरिएको चैत ११ यता १३० क्यूवी फिट अवैध कटान गरिएका साखु (साल)का गिण्डा (टोन, गोलिया, गिँड) डिभिजन वन कार्यालय महोत्तरीले बरामद गरेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका–११ खयरमारामा लुकाइछिपाइ राखिएको १०० क्यूवी साखुका गिण्डा बरामद गरिएको…

[ Apr 16, 2020 ] खाद्यान्न र तरकारी आयातमा प्रतिबन्द

सिन्धुलीमा तराईका विभिन्न जिल्लाबाट आयात हुने तरकारी, खाद्यान्नलगायत वस्तुमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तराईका विभिन्न…

[ Apr 15, 2020 ] विराटनगरवासीलाई भारतीय तरकारी, कटहरीको तरकारी बारीमै कुहिदै

विराटनगर । मोरङ, कटहरी गाउँपालिका- ४ का कोपिन्द्र सिंहको चार बिघा जग्गामा टमटर, भन्टा, बन्दा, सिमी, खुसार्नी र काउली बेच्न नमिल्ने गरी छिप्पि सक्यो । २२ दिन लामो बन्दाबन्दीका कारण उनले नजिककैको बजार विराटनगर पुर्‍याउन सकेका छैनन् ।

[ Apr 14, 2020 ] काठमाडौं वरपरका किसानको तरकारी बिक्री सहज

काठमाडौं । लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यका वरपरका किसानको तरकारी बिक्री हुन थालेको छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ढुवानीको व्यवस्था गरी तरकारी बिक्रीको व्यवस्था गरिएको हो । तरकारी…

[ Apr 14, 2020 ] ‘बारीमा तरकारी कुहिएको देख्दा रुन मन लाग्छ, १५ रुपैयाँमा लैदेऊ भनेर हात जोड्नुपरेको छ’

पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिकामा पर्ने ४ किलो भन्ने स्थानमा लगभग ३० जना किसान बारीको तरकारी बोकेर राजमार्गमा झरेका छन् । १३ वर्षका बालिकादेखि वृद्धसम्मले पसिना चुहाउँदै तरकारी राजमार्गमा ल्याइपुर्‍याएका छन् ।

[ Apr 14, 2020 ] कोरोनाका कारण देशैभरी २ अर्बभन्दा बढीको दूध नोक्सान

काठमाडौं l कोरोना भाइरस संक्रमणका कारण देशैभरी २ अर्बभन्दा बढीको दूध नोक्सान भएको छ। सातैवटा प्रदेशमा उत्पादनको ३० प्रतिशतमात्र दूध बिक्री भएको नेपाल डेरी एशोसियसनका महासचिव प्रल्हाद दाहालले बताए। नेपाल डेरी एशोसियसनले मंगलबार सातै…

[ Apr 14, 2020 ] दुई हजार वर्षमा पहिलोचोटि सुनसान भक्तपुरको वैशाख

बिस्का: यहाँको मूल जात्रा मात्र होइन, लिच्छवि कालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्का:मा ठड्याइने यःसि (लिंगो) लाई किराँतमाथि लिच्छविहरूको विजय प्रतीकका रूपमा लिइन्छ।