Follow us: Youtube Android App
कालीमाटीमा जोखिम घटेन
७ जेठ २०७८

काठमाडौँ । देशकै ठूलो तरकारी बजार कालीमाटीको खुद्रा र किसान बजार बन्द गरे पनि भीडभाड नियन्त्रण हुन सकेको छैन । जसले गर्दा बजारमा स्वास्थ्य जोखिम बढेको छ । खुद्रा र किसान बजारमा तरकारी कारोबार गर्ने व्यापारीले बजारबाहिर सडकपेटीमै बसेर खुला रूपमा व्यापार गर्न थालेपछि झनै जोखिम बढेको हो ।

खुद्रा तरकारीको व्यापारका कारण कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा गत वैशाख २८ गते कालीमाटी फलफूल तरकारी बजार विकास समितिले कृषक बजार २९ गते र खुद्रा बजार ३० गतेबाट बन्द गर्ने निर्णय गरेको थियो तर केही व्यापारीले अटेर गरेर तरकारी बजार छिर्ने प्रवेशद्धारको वरपर बसेर व्यापार गर्दा झनै जोखिम बढेको भन्दै कालीमाटी समितिले अटेरी गर्ने दुई खुद्रा व्यापारीको स्टल नै खारेज गरेको छ । समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले कोरोनाको महामारीमा कालीमाटी बजारको प्रवेशद्वारमा बसेर तरकारी बिक्री गर्ने र नगर्न आग्रह गर्ने सुरक्षागार्डमाथि हातपात गर्ने दुई व्यापारीलाई कालीमाटी प्रहरी वृत्तको सहयोगमा कारबाही गरिएको जानकारी दिनुभयो ।

थोक बजार पनि सुरक्षित छैन
कार्यकारी निर्देशक भट्टराईले कालीमाटीको थोक बजार असुरक्षित हुँदै गएको बताउनुभयो । उहाँले राति १ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म खुला हुने कालीमाटी बजारमा तरकारी किन्न आउनेलाई जति आग्रह गर्दा भीड नियन्त्रण गर्न नसकिएको बताउनुभयो । एउटा स्टलमा बिक्री गर्ने र किन्ने गरी दुई जनाभन्दा बढी हुन नहुने मापदण्ड बनाइएको छ तर एउटै स्टलमा १५/१६ जना झुम्मिएका हुन्छन्, कसरी सकिन्छ ? उहाँले प्रतिप्रश्न गर्नुभयो ...

समाचार स्रोत :