Follow us: Youtube Android App
६ महिनामा २२ अर्बको खाद्यान्न भित्रियो, कहाँबाट कति आयो ?
९ माघ २०८०

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो ।

यता नेपालबाट भने ६० लाख ४३ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालबाट निर्यात गरिएका अधिकांश खाद्यान्न वस्तुमा रैथाने बाली रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गहुँ तथा गहुँजन्य वस्तु १२ करोड ३९ लाख ६८  हजार किलो अर्थात् १ लाख २३ हजार मेट्रिक टन आयात भएको छ । सो गहुँ मेक्सिको र भारतबाट आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ । सो गहुँ बराबर ४ अर्ब ९९ करोड २८ लाख रुपैयाँ बाहिरिएको छ ...

समाचार स्रोत :